ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक बस्ने भएको छ। जेठ २१ गते संघीय संसदको दुवै सदनको प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक बर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् । राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ ।
बैठकमा पनि अर्थमन्त्री पौडेलले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।हिजो मंगलबार पनि बैठक बोलाइएको थियो । तथापि, सत्तापक्ष र प्रतिपक्षीबीच सदन सञ्चालनका सम्बन्धमा सहमति नभएपछि बैठक आजसम्मका लागि स्थगित भएकोे थियो । विपक्षी दलहरुले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै आएका छन् । विपक्षी दलहरुको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने बताएका छन् ।











