ADVERTISEMENT
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सले साधारण सभा प्रयोजनका लागि जेठ २६ गते बुक क्लोज गर्दैछ। यसको लाभांश सुरक्षित गर्ने आज आइतबार जेठ २५ गते अन्तिम दिन हो । तसर्थ, जेठ २५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन्। यस कम्पनीले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ नगद गरी कुल १२.६३ लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीको आठौं वार्षिक साधारण सभा असार २ गते बस्दैछ । सभा,आम्रपाली ब्यांक्वेट ब्यांक्वेट,भाटभटेनी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुने ।
ADVERTISEMENT











