विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङले मेलम्ची खानेपानीको आयोजना २०४५ सालमा आफू आवास तथा योजना मन्त्रालय अन्तर्गतको खानेपानी मन्त्री बन्दा शुरु भएको बताएका छन् । त्यसबेलाको इन्जिनियर डीपी साहको नेतृत्वमा धेरैपटक सर्भे भएको र पछि वि.सं. २०४८ पछि मुर्त रुपको लागि अगाडि बढेको प्रदेश प्रमुख खापुङको भनाई थियो । टंकिसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्था, बुढिगंगा ३,नेमुवा मोरङ द्वारा आयोजित १४औं साधारणसभा कार्यक्रममा प्रदेश प्रमुख खापुङले सो कुरा बताएका हुन् ।
कार्यक्रममा प्रदेश प्रमुखले टंकिसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्थालाई जग्गादान गर्ने संविधानसभाका सदस्य वीरेन्द्रकुमार माझी र श्रीमती रेखादेवी माझीलाई सम्मान गरेका थिए । कार्यक्रममा बुढिगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा, मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, विराटनगरका प्रमुख सुरतलाल चौधरी, नगर विकास कोष नयाँबानेश्वर काठमाडौँ खानेपानी आयोजना महाशाखाका प्रमुख सुभासराज पन्तलगायतको उपस्थिति रहेको थियो ।













