ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

काठमाडौँकाे ठमेलबाट इन्द्रेणी गाईजात्रा र्‍याली


काठमाडौँकाे ठमेलबाट इन्द्रेणी गाईजात्रा र्‍याली
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । “राजनीतिक सहभागिता हाम्रो अधिकार” भन्ने नारासहित आइतबार दिउँसो १२ः३० बजे काठमाडौँको सञ्चयकोष भवन, ठमेलबाट इन्द्रेणी गाईजात्रा र्‍याली सुरु हुँदैछ। र्‍यालीमा सहभागी हुन आयोजकहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सबैलाई आह्वान गरेका छन्। यस वर्षको इन्द्रेणी गाईजात्रा उत्सव एसियाकै पहिलो समलिङ्गी सांसद सुनिल बाबु पन्तको नेतृत्वमा, दक्षिण एसियामा पहिलो पटक कानुनी रूपमा विवाह दर्ता गरेका समलिङ्गी जोडीको उपस्थिति र यौनिक तथा लैङ्गिक अल्प सङ्ख्यक समुदायका अधिकारका लागि सक्रिय विभिन्न संस्थाहरूको सामूहिक सहभागितामा आयोजना हुन लागेको हो।

ADVERTISEMENT

ब्लु डायमन्ड सोसाइटीका संस्थापक अध्यक्ष पन्तको नेतृत्वमा २०५९ सालदेखि गाईजात्रा उत्सवलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले स्वतःस्फूर्त रूपमा मनाउँदै आएका छन्। काठमाडौँको ठमेलस्थित सञ्चयकोष अगाडिबाट हरेक वर्ष सुरु हुने यो परम्पराको थालनी पनि पन्तकै नेतृत्वमा भएको हो। उनले यसअघि चितवन र पोखरामा पनि समुदायसहित गाईजात्रा उत्सव आयोजना गरेका थिए।
यस वर्ष भने समुदायका सदस्यहरूले सरकारी वा संस्थागत सहयोगबिनै, व्यक्तिगत तथा सामूहिक योगदानमा आधारित स्वतःस्फूर्त सहभागितासहित पर्व मनाउने भएका छन्। र्‍याली काठमाडौँको सञ्चयकोष भवनबाट सुरु भई वसन्तपुर दरबार स्क्वायरमा समापन हुनेछ।

कार्यक्रममा सांस्कृतिक तथा कलात्मक प्रस्तुतिहरू समावेश हुनेछन्। वसन्तपुरमा पुगेर दिवङ्गत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सदस्यहरूको सम्झनामा दियो बालेर समापन गरिनेछ। पन्तका अनुसार, गाईजात्रा केवल शोक वा मृत स्मृतिको दिन मात्र नभई अस्तित्व र स्वतन्त्रताको उत्सव हो। आयोजकहरूको भनाइमा, आफ्नै परिवारले नसम्झे पनि जीवित समुदायले भने दिवङ्गत सदस्यहरूलाई सधैँ सम्झिरहन्छ। गाईजात्रा उनीहरूका लागि स्वतन्त्रता पूर्वक आफ्नो पहिचान प्रकट गर्ने अवसर हो, जसमा नाचगान, हाँसो, व्यङ्ग्य र रङ्गिनता समेटिएको हुन्छ। मायाको पहिचान नेपाल, लिड नेपाल, इन्क्लुसिभ फोरम, इन्क्लुसिभ ग्यालेक्सी रेस्टुरेन्ट, समर्पण सभ्य समाजलगायतका सङ्घ संस्थाले यस वर्षको कार्यक्रम विदेशी सहायता वा कुनै अनुदानबिनै, समुदायकै आर्थिक तथा श्रम योगदानमा सम्पन्न गर्न लागिएको जनाएका छन्। समुदायका अगुवा तथा आयोजकहरूका अनुसार, राज्यका सबै तहमा राजनीतिक प्रतिनिधित्व र समावेशिताको सुनिश्चितताको माग अब मुखर रूपमा अघि सार्ने समय आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host