ADVERTISEMENT
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । यो विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालबाट संकलन गरेर उपलब्ध गराएको हो । मन्त्रालयका अनुसार नेशनल ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट हस्पिटलमा ३ जना, काठमाडौं मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा २ जना, शिक्षण अस्पताल महाराजगञ्जमा १ जना र फ्रन्टलाइन हस्पिटलमा ३ जनाको उपचारको क्रममा मृत्यु भएकोछ।
ADVERTISEMENT
उपत्यका बाहिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना र बाँकेको भरी अस्पतालमा ५ जना गरी ७ जनाको मृत्यु भएको छ। उपत्यकामा मृत्यु हुने ३ जना प्रहरी हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदर्शनको क्रममा १ हजार ३३ जना घाइते भएका थिए । ७ सय १३ जना डिस्चार्जपछि घर फर्केका छन् भने २ सय ५३ जना भने अहिले पनि उपचारत छन्।











