काठमाडौं । मकवानपूर जिल्लाको बकैया गा.पा. वडा नं. २ स्थित रिसेश्वर सामुदायिक जंगलबाट काठ तस्कर भएको दुई वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिएकाे उपभोक्ता समितिका एक सदस्यले बताए । यस विषयमा बारम्बार सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै चासाे नदेखाएको गुनासो छ। समितीका पूर्व अध्यक्ष, वर्तमान अध्यक्ष लगाएतका वन विभागका उच्च कर्मचारीकाे नै मिलोमतो रहेकाे भन्ने स्रोतले बताएको छ।
तस्करमा टोक ब. स्याङ्ताङ,कुनसाङ माेक्तान,नमराज बास्काेटा रहेको एक उपभोक्ताले बताए। तस्कर आरोपमा चाेर बाबु भन्ने हिरालाल माेक्तान नामको व्यक्ति मुख्य रहेकाे र कृष्ण लामा हत्यामा पक्राउ परी
पुर्पक्षका लागि काठमाडौँ जिल्ला अदालतमा मुद्दा रहेकाेमा २०८२ भदौ २३/२४ गतेकाे जेन जेड आन्दोलनमा जेलबाट फरार भई पुनः आपराधीक क्रियाकलापमा लाग्दै,साेहि ठाउँकाे दमै चउर भन्ने ठाउँमा (बाक्सिङ) कुङसाङ माेक्तानकाे आफ्नै घरमा लुकाएर राखेकाे र फिराैती माग गर्न सक्रिय भएको स्राेतले बताएको छ। स्राेतले बताए अनुसार त्यहाँका वडा अध्यक्ष ,नजिकैको प्रहरी चाैकिमा जानकारी गराए पनि चासाे नदिएकाे भनाइ छ।











