काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनार्थ आज शुक्रबार असोज ३१ गते बुक क्लोज गर्ने निर्णय गरेकोछ। हिजो सम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनीहरुले मात्रै बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न साथै र वार्षिक साधारण सभामा भाग लिन सक्ने जनाएको छ।
बैंकले गत आर्थिक वर्षको मुनाफादेखि हाल कायम चुक्ता पूँजीको १३ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित ४ दशमलव ६७ प्रतिशत नगद गरि कुल १८ दशमलव २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। मुक्तिनाथ विकास बैंकको वार्षिक साधारणसभा आगामी कात्तिक १५ गते पोखरास्थित होटल ग्रान्ड पार्दीमा बिहान १० बजेदेखि सुरु हुनेछ, सभाले गत आर्थिक वर्षक लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरि चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ।











