ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट सेयर धनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसमध्ये २० प्रतिशत बोनस सेयर हुनेछ भने ५ प्रतिशत नगद लाभांश कर सहितकाे रहेको छ।
कम्पनीले कात्तिक ३० गते, आइतबार आफ्नो रजिष्टर्ड कार्यालय वीरगञ्जमा २५ औं वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।











