२० कात्तिक ,काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्न १३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको कार्तिक १९ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो निर्णयअनुसार बैंकले हाल कायम चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने करसहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।
त्यस्तै, बैठकले हाल कायम फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।











