काठमाडौं । केही दिनदेखि नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार घट्दै गएको छ। आज बिहीबार पनि दुवैको भाउ फेरि कम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ छ भने चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ तोकिएको छ।
हिजो बुधबार सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँ र चाँदी ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी मंगलबार सुन २ लाख ६२ हजार १ सय रुपैयाँ र चाँदी ४ हजार ५ सय ९० रुपैयाँमा किनबेच भएको थियो। यसअघि सोमबार सुन २ लाख ७० हजार रुपैयाँ र चाँदी ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार सुन २ लाख ७० हजार ६ सय रुपैयाँ र चाँदी ४ हजार ८ सय ३५ रुपैयाँ रहेको थियो। यसरी हेर्दा पछिल्ला केही दिनमा सुनचाँदीको मूल्य लगातार ओरालो लागिरहेको देखिन्छ।











