२०७९ चैत २३,
संवाददाता: सन्तोष प्रसाद तिवारी,
काठमाडौँ।
आजबाट श्री उग्रतारा बज्रयाेगिनी माइकाे जात्रा शुरू भएको छ। काठमाडौँ शंखरापुर नगरपालिकाको घुमारीचोकमा अवस्थित यो जात्रा ८ रात ९ दिनसम्म लाग्ने छ,भने वैशाख १ गते नयाँ वर्षको दिन मुर्ति/ प्रतिमालाई आफ्नै ठाउँमा विराजमान गराईनेछ।यस जात्राको एतिहासिक, धार्मिक, सांस्कृतिक एवं पौराणिक महत्व रहेको स्थानीयको भनाई छ। चैत्र २३ गतेबाट श्री नेपालया शिरोमणि उग्रतारा बज्रयोगिनी माईको मूर्तिलाई बज्रयोगिनिबाट खटमा राखी जात्रा गरि साँखु शहरमा ल्याइने भएको छ।साँखु शहरमा ८ वटा टोल मध्य २-२ वटा टोल मिलि ४ ठाउँमा मुर्ति/प्रतिमा राख्ने भवनमा बिराजमान गराई जात्रा चलाउने प्रचल छ,तसर्थ यसपाली सुनटोल र ईपाटोलको पालो सुनटोलको भगवान घरमा भगवान भित्र्याईने छ। मूल-जात्रा चैत्र २६ गते श्री बज्रयोगिनी माता चैत्य (चिवा द्दो ) शिमघिनी ब्याघिनी तथा बसुन्धरा माई सहितको जात्रा गरिनेछ,भने ३० गते मुर्ति/ प्रतिमा रथमा राखेर भोलि पल्ट नयाँ बर्ष २०८० वैशाख ०१ गते साँखुको कोलागालमा विविध सांस्कृतिक धार्मिक परम्परा अनुसार जात्रा गरि श्री उग्रतारा बज्रयोगिनी माई सहित फिर्ती भैइ यस वर्षको जात्रा समापन गरिदैं सम्पन्न हुने समितिले जनाएको छ।