२०७९ चैत २७,
संवाददाता: सन्तोष प्रसाद तिवारी,
काठमाडौँ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. १ मा नगरपालिकाको सहयोगमा निर्माण भएको पाथिभरा टोलमा खानेपानी ट्याङकीको उद्घाटन गरिएको छ । नवनिर्मित खानेपानी आयोजनाबाट लगभग तिन सय घरधुरी लाभान्वित हुने समितिले जनाएको छ । कार्यक्रमको उद्घाटन समितिका अध्यक्ष प्रकाश राना मगरको सभापतित्वमा भएको थियो भने,सोही वडाको पाथीभरा टोल सुधार तथा भवन निर्माण उपभोक्ता समितिले निर्माण गरेको ट्याङकीको उद्घाटन प्रमुख अतिथीमा रहेका नगर प्रमुख दीपक रिसालले गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर रिजालले समितिले गरेको काम प्रति प्रशंसा गर्दै बधाई एवं शुभकामना दिएका थिए। आफ्नो नगर भित्रका सबै उपभोक्ता समितिले ईमान्दार पुर्वक याेजनाको काम गरी सम्पन्न गर्न अपिल समेत गरेका छन्। उनको योजना एक घर एक धाराको अभियानमा रहेकोले सो कामलाई निरन्तरता दिईरहने बताए।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको प्रमुख राजनीतिक सल्लाहकार कुमार लामा, खेलकुद संयोजक सञ्जय लामा, सुन्दरीमाई सहकारीका अध्यक्ष जनार्दन खड्का, समाजसेवी गौरीशंकर भण्डारी, समितिका कोषाध्यक्ष मनोज खनाल, पाथीभरा टोल सुधारका पदाधिकारीहरू, स्थानीय, पत्रकार लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।