उदयपुर : जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगलागी हुँदा कृषि फार्मसहित– ४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहान ९ बजे विद्युत सर्ट भई आगलागी सुरु भएको हो।
आगलागी हुनासाथ प्रहरीको टोली प्रहरी चौकी चुहाडे, उदयपुरगढी प्रहरी चौकीसहित स्थानीयले आगलागी नियन्त्रणमा लिएको प्रहरी प्रमुख ज्ञानेन्द्रकुमार फुँयालले बताए। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?