सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा तीस जना घाइते भएका छन्।
जलवीरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार इन्द्रावती–१० पाटीगाउँतर्फ हिँडेको गाडी चौतारा साँगाचोक गढी नगरपालिका–७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो।
घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगेर उद्धार गरेको छ। घाइतेको चौतारा अस्पतालमा उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?