२०८० श्रावण ०३,काठमाडौं । काठमाडौं महानगर-पालिकाले भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ । सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै, महानगरले का. मनपा १०. अनामनगर – देवीनगरमा रहेको उक्त सञ्चालित सदनमा डोजर चलाएको हो ।
महानगरले तीन दिन अगाडि सदनमा अतिक्रमण गरेर निर्माण गरिएको भवन खाली गर्न अल्टिमेटम दिएको थियो,समय दिँदा पनि अटेर गरेकोले उक्त भवन खाली नगराएपछि डोजर चलाएको महानगरले जनाएको छ ।सदनले असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिदै आईरहेको छ । स्कुल समेत रहेकाे साे आश्रममा बेसाहारा, असाहाय र गरीब बर्गका बच्चाहरू पढिरहेका छन्।
सन्तोष प्रसाद तिवारी।