सन्तोष प्रसाद तिवारी।
२०८० असोज १३ काठमाडौँ। शंखरापुर जनचेतना तथा भ्रष्टाचार मुक्त समाजको पांचौं वार्षिक साधारण सभा शंखरापुर न.पा- साँखुमा अवस्थित भक्ति टेन्ट हाउसमा विविध कार्यक्रमका साथमा सम्पन्न भएको छ। संस्थाको अध्यक्ष रत्न प्रसाद श्रेष्ठ रहेका साे चेतनामुलक र भ्रष्टाचारी अभियानमा आवद्ध संस्थाले नगरमा भएका नकारात्मक घटनाको बारेमा सशक्त रुपमा आवाज उठाउदै आएको छ।
करीब ७०-८० जनाको सदस्यतामा सक्रिय रहेकाे संस्थाले विगत झैँ आउने दिनहरुमा पनि भ्रष्टाचार,अनियमितता, व्यथिति लगाएत नराम्रा गलत कार्यहरुकाे भण्डाफोर सहित यस्ता व्यतिती रोक्न कुनै पनि कसुर बाँकी नराख्ने वार्षिक साधारण सभाले जनाएको छ। साथै संस्थाले सबै ईमान्दार व्यक्ति वा संस्थासँग सहकार्य गरेर अगाडि बढ्दै शंखरापुर नगरपालिका -लाई काठमाडौँ कै एउटा नमूना र भ्रष्टाचार मुक्त नगरपालिका बनाउने अठाेेट सहित – आफ्नो प्रतिवद्धता जनाएकाे छ।
सभामा आयव्यय विवरण, नयाँ सदस्यता भर्ना, सदस्यता नविकरणका साथै वार्षिक प्रतिवेदन सहितको प्रगति विवरण सार्वजानिक गरिएको थियो। त्यस्तै संस्थामा आवद्ध सदस्य तथा प्रतिनिधिहरुले आफ्नो छाेटाे सुझाव सहित शुभकामना एवम् स्वागत मन्तव्य दिएका थिए ।