११ मंसिर ,काठमाडौं। वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगर-पालिका-२६ गोंगबु बस्ने रोल्पा गंगादेव गाउँपालिका-३ घर भएका ३९ वर्षीय निमराज डाँगीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
डाँगीले १ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिन-भवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।