ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा


नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं / नेपाली डिजिटल प्लेटफर्ममा पछिल्लो समय वेबसिरिजको लहर चलिरहेका बेला एउटा नयाँ सिरिजले दर्शकको विशेष ध्यान तान्न सफल भएको छ । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको वेबसिरिज ‘साहु बा’ सार्वजनिक भएसँगै यसको कथावस्तु र मेकिङलाई लिएर चर्चा सुरु भएको हो । साप्ताहिक रूपमा म्युजिक नेपाल इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलबाट प्रसारण भइरहेको यस सिरिजका हालसम्म दुई एपिसोड सार्वजनिक भइसकेका छन् । सार्वजनिक एपिसोडहरूले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् ।

विशेषगरि, ‘क्राइम, एक्सन र रिभेन्ज’ (बदला) मा केन्द्रित कथावस्तुमा रहेको ‘साहु बा’ सिरिजले आफ्नो वृहत् क्यानभास र एक्सनका कारण दर्शकको विशेष ध्यान तान्न सफल भएको छ । ‘साहु बा’ को सबैभन्दा चर्चामा रहेको पक्ष यसमा आबद्ध कलाकारहरूको संख्या हो । नेपाली वेबसिरिजको इतिहासमा सम्भवतः पहिलो पटक ३८० जना भन्दा बढी कलाकारले यसमा अभिनय गरेका छन् । यस सिरिजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, सरिता गिरी, नम्रता श्रेष्ठ, अमित शाह, अमित गिरी, प्रियंका चौधरी, हिना नगरकोटी, बिमल पुरी, रमेश अधिकारी, प्रदीप बाँस्तोला, कृष्ण भक्त महाजन लगायतका नेपाली चलचित्र र रंगमञ्चका स्थापित कलाकारहरूको अभिनय रहेको छ ।

ADVERTISEMENT

सार्वजनिक भएका सुरुवाती दुई एपिसोडले सिरिजको ‘क्राइम, एक्सन र रिभेन्ज’ (बदला) को थिमलाई प्रस्ट पारेका छन् । कथाको सुरुवात सीमापारिबाट हुने अवैध कारोबार र धनको चलखेलबाट हुन्छ । पहिलो एपिसोडमा एउटा ठूलो सडक दुर्घटना र त्यसले निम्त्याएको सस्पेन्सले दर्शकलाई बाँधेर राख्छ ।सिरिजको मुख्य पात्रको रूपमा विजु पार्की देखिएका छन् । भिडियोका दृश्यहरूमा उनलाई एक सङ्घर्षशील र बदलाको भावमा जलिरहेको युवकको रूपमा प्रस्तुत गरिएको छ । रगतले लतपतिएको हातमा कागजको जहाज देखिने दृश्यले उनको बाल्यकालको कुनै गहिरो घाउ वा स्मृतिलाई सङ्केत गर्दछ, जसले सिरिजमा भावनात्मक गहिराइ पनि रहेको बुझाउँछ ।

नेपाली सिरिजहरू प्रायः लामो संवादमा अल्झिने गरेको गुनासो आउने गर्छ । तर, ‘साहु बा’ले यो परम्परालाई तोड्दै ‘सिनेम्याटिक एक्सन’ लाई प्राथमिकता दिएको छ । आगो, आधुनिक हतियार, सडकका चेस दृश्यहरू र अस्पतालभित्रका रहस्यमय घटनाक्रमहरूले सिरिजमा भरपूर थ्रिल प्रदान गर्छन् ।निर्देशक एवं लेखक सुजोय योङ निर्देशित ‘साहु बा’को कुल २४ एपिसोड तयार गर्न निर्माण टोलीले करिब तीन वर्षको लामो समय खर्चिएको छ । आयुषमान जोशी, संगम राई र अनिश तामाङ छायाकार रहेको यस सिरिजको रामप्रसाद चौधरी सम्पादक हुन् । सागर आले, मिस्टर डी र उजन शाक्यको गीत रहेको सिरिजमा पेमा लामा र राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ । ‘साहु बा’ वेबसिरिज हरेक साता साँझ ६ बजेपछि म्युजिक नेपाल इन्टरटेनमेन्टको युट्युब च्यानलमा सार्वजनिक हुने गरेको छ । यस्तै, सबै एपिसोडहरू एकै पटक हेर्न चाहने दर्शकहरूका लागि मोमो (MOMO) एपमा सम्पूर्ण भागहरू उपलब्ध गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

नेपाल टेलिकमको समर अफर २०८३ सार्वजनिक नयाँ भ्वाइस र डाटा प्याक उपलब्ध

नेपाल टेलिकमको समर अफर २०८३ सार्वजनिक नयाँ भ्वाइस र डाटा प्याक उपलब्ध

चलचित्र बा एक योद्धा

चलचित्र बा एक योद्धा

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host