काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडा ले सरकारले ल्याएको बजेट उपभोगमुखी भएकाले यसबाट पर्याप्त रोजगारी सिर्जना हुन नसक्ने बताएका छन्। एक कार्यक्रममा बोल्दै उनले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न आयात उल्लेख्य रूपमा बढ्नुपर्ने बताए। खतिवडाले उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्ने खालको कर सुधार नभएको भन्दै कर्पोरेट कर तथा व्यक्तिगत आयकर नीतिमाथि प्रश्न उठाए।
उनले साना, मझौला तथा घरेलु उद्योगको विस्तारबिना आर्थिक रूपान्तरण सम्भव नहुने बताउँदै एसएमई क्षेत्रका लागि बजेटमा ठोस योजना नआएको आरोप लगाए। साथै लगानीको वातावरण बनाउन कर नीतिमा रणनीतिक सुधार आवश्यक रहेकोमा जोड दिए।






