काठमाडौं, २०८३/०४/३१। सभापति जनार्दन पण्डितज्यूको अध्यक्षतामा वनगाँउ उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मधु लामाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सल्लाहकार अच्युत पण्डितज्यू तथा अतिथि कृष्णबहादुर लामाज्यूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उपभोक्ता समितिका सचिव तेण्डी शेर्पाज्यूले गर्नुभएको थियो। सभामा संस्थाकी कोषाध्यक्ष प्रमिला खड्काज्यूले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष जनार्दन पण्डितज्यूले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो।
साधारण सभाको पहिलो सत्र सम्पन्न भएपछि दोस्रो सत्रमा निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। निर्वाचन प्रक्रियामार्फत राजिव पण्डित अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। त्यस्तै, तेण्डि शेर्पा उपाध्यक्ष, संगिता सुबेदि सचिव तथा सम्झना भट्टराई कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यसैगरी मनोज थापा, गणेश पण्डित, विर बहादुर श्रेष्ठ लक्ष्मण पण्डित र मणिराम पण्डित सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रममा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ कार्यसमितिले संस्थाको आगामी कार्यकालमा थप प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ। 🙏







